पाटन अस्पतालमा डाक्टरको लापरिबाहीले १७ बर्षिय मगरको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 19 | 03:20 pm 3732

ललितपुर  असार ५ : ललितपुरको पाटन अस्पतालमा डाक्टरको लापरिबाहीले १७ बर्षिय कृष्टल मगरको मृत्यु भएको छ । मगरको ज्यान गएपछि उनको आफन्तहरु आक्रोशित बनेर अस्पताल तोडफोड तथा आगजनिको प्रयास गरेको छ ।

ललितपुरस्थित छम्पी– १२ का मगरको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड तथा आगजनीको प्रयास गरेको ललितपुर प्रहरीले जनाएको छ ।

एपेन्डीसाइट्सको समस्याले भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित समुहले तोडफोड तथा आगजनिको प्रयास गरेपछि नियन्त्रणमा लिन काठमाण्डौंबाट समेत मगाइएको बताइएको छ ।

ललितपुर प्रहरीको अनुसार अहिले अस्पताल र मगरको अफन्तहरुबीच वार्ता भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.