नेपालले ओमानलाई दियो ३११ रनको विशाल लक्ष्य

रिपोर्ट नेपाल | 2023 Apr 21 | 01:12 pm 965

काठमाडाैं, बैशाख ८ः एसिसी प्रिमियर कपमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो ।

नेपालको लागि कुशल  मल्लले शतक र सोमपाल कामीले अर्धशतक प्रहार गरे। एसिसी प्रिमियर कपमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ। यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सबैभन्दा उच्च रन हो। यसअघि नेपालले आइसिसी विश्वकप लिग २ मा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा २ सय ९७ रन थियो।

आजको खेलमा नेपालको लागि दुई कीर्तिमान कायम भए। अलराउन्डर कुशल मल्ल नेपालबाट ओडिआईमा सबैभन्दा छिटो शतक बनाउने खेलाडी बने भने ओडिआईमा उच्च रन पनि नेपालले आजै बनाएको छ।

कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्कासहित १ सय ८ रनको विष्फोटक शतकीय इनिङ खेले। सोमपाल कामीले ३९ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरे। सोमपाल कामी ४८ बलमा ९ चौकासहित ६३ रनमा नटआउट रहे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.