काठमाडौं, जेठ २१: तीन सातादेखि फैलिएको डेंगुले सुनसरीको धरानमा महामारीको रुप लिएको छ । डेंगुबाट संक्रमित ७५ जना अस्पतालमा भर्ना भएका छन् । यस राेगबाट विरामी हुनेको संख्या दिनदिनै बढिरहेको अस्पताल स्राेतले जनाएकाे छ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा विजय खनालको रेस्क्युकाे टोलीले नियन्त्रण प्रयास गर्दा पनि सफल हुन सकिरहेकाे छैन।
नियन्त्रणमा प्रयोग गरिएको फगिङ मेसिन ‘अल्फा स्याफर मेथ्रिन’ ले वयस्क लामखुट्टे मरे पनि पानीमा रहेका अण्डा, लार्भा र प्युपामा असर नगरेको टोली सदस्य धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबाबु यादवले बताए। आजको नयाँ पत्रिका दैनिकबाट