सुनसरी, मंसिर १६ धरान उपमहानगर पालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।
नेकपाका उम्मेदवार प्रकाश राईलाई करिब २ हजार ७ सय ९५ सय मतले पछि पार्दै तिलकले जित हात पारेका हुन् । तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरी जित हात पारेका हुन् ।
नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत पाए । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचत तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन भएको हो ।