दुई उपप्रधानमन्त्री, नवनियुक्त मन्त्री र बढुवा भएका मन्त्रीले लिए सपथ

| 2018 Jun 01 | 10:48 pm 1456

केपी ओली क्याबिनेटमा दुई उपप्रधानमन्त्री नियुक्त गरिएका छन् । शुक्रबार सरकारमा गएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपप्रधानमन्त्री उपेन्द्र यादवलाई उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्खयमन्त्रीको जिम्मेवारी दिइएको छ भने यसअघि रक्षामन्त्रीको जिम्मेवारीमा रहेका इश्वर पोखरेललाई पनि उपप्रधानमन्त्रीमा बढुवा गरिएको छ ।

शुक्रबार नै शीतल निवासमा आयोजित सपथग्रहण समारोहमा राज्यमन्त्रीबाट फुल मिनिस्टरमा बढुवा गरिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उपप्रधानमन्त्रीको रुपमा सपथ खुवाइएका यादव र पोखरेल यसअघि पनि उपप्रधानमन्त्री रहिसकेका नेता हुन् । शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नवनियुक्त उपप्रधानमनत्री एवम् मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतको उपस्थिति थियो ।

नवनियुक्त उपप्रधानमन्त्री यादव र राई संघीय समाजवादी फोरम नेपालसँग तथा बाँस्कोटा नेकपासँग आबद्ध छन्। शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई बाँके क्षेत्र नं २ बाट निर्वाचित हुन् । उनी यसअघि संघीय समाजवादी फोरम नेपालका सचिव थिए ।

तस्बीर रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.