खोटाङ, मंसिर १९ : खोटाङ जिल्ला अदालतको फैसलाले ६ वर्ष कैद र ९ लाख जरिवना हुने ठहर भएका डाँका मुद्दाका फरार अभियुक्त केपिलासगढी गाउँपालिका ५ का ३० वर्षीय राजेश राईलाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्तलाई लुकी छिपी बस्दै आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत खोटाङ पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि आज बुधबार खोटाङ कारागार पठाइएको प्रहरीले जानकारी दिएका छन् ।