म्याग्दी, असार २९: जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मङ्गला गाउँपालिका–१ पूर्णगाउँकाे जमुना कुँवरका छोरा ऋषि कुँवर रहेको छ । उनकाे उपचारको क्रममा पोखराको मणिपाल अस्प्तालमा मृत्यु भएको हो ।
जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका छ जना बिरामी परेका थिए । उक्त विषालु च्याउ खानेबित्तिकै बान्ता, पखाला र टाउको दुख्न थालेपछि स्वास्थ्यचौकीमा उपचार गरे पनि निको नभएपछि थप उपचारका लागि पोखरा लगिएको अवस्थामा बालक ऋषिको मृत्यु भएको राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीले जानकारी दिए।
मृतक कुँवर कक्षा–५ मा अध्ययरत थिए । उनकी दिदी तारा कुँवर र भाइ ओमप्रकाश कुँवरलाई थप उपचारका लागि पोखरा लगेपछि गाउँमा जानकारी भएको थियो । उपचार गरिरहेका अन्य बिरामीको अवस्था भने सुधार हुँदै गएकाे छ । थोरै खानेलाई समान्य असर देखिए पनि तीन जनाले धेरै खाएकाले सिकिस्त भएको चिकित्सले जानकारी दिएकाे राम्जालीले बताए ।