गुल्मेली दुई संस्थाले तिजको दिन काठमाडाैंमा धुलो उडाउने

| 2023 Sep 17 | 12:52 pm 2309

काठमाडाैं, भदाै ३१ । गुल्मी जिल्ला घर भई काठमाडाैं उपत्यकामा विभिन्न पेशामा आवद्धहरुको छाता संगठन गुल्मेली समाज र विभिन्न कार्यालयमा सेवारत अधिकृतको संस्था गुल्मेली अधिकृत समाजको आयोजनामा भोली सोमबार काठमाडाैंको सिफल चाैरमा धमाका मच्चाउने भएका छन् ।

हिन्दु नारीहरुको महान पर्व तिजका अवसरमा गुल्मेली संस्कृतीको संरक्षण र एक आपस बीच सदभाव कायम गराउने उद्देश्यले तिज गीत कार्यक्रम राखिएको जनाइएको छ । विगत लामो समय देखि आयोजना गर्दै आइएको तिज गीत कार्यक्रमले सदभाव र प्रेम कायम हुने आयोजकले बताएका छन् । गुल्मेली समाजका संस्थापक अध्यक्ष तत्कालिन जिल्ला विकास समितिका सभापति काैशल पोख्रेलको विशेष पहल र वुद्धनगर पार्टी प्यालेसका संचालक विष्णु भण्डारीको नाचगान गर्ने सिफल चाैरको व्यवस्थापन पछि हरेक वर्ष कार्यक्रम गर्दै आइएको छ ।

यसरी गरिने कार्यक्रमले एक आपसमा सदभाव कायम त हुने नै भयो आफ्नो संस्कार र संस्कृतीको पनि संरक्षण  हुने आयोजकको भनाई छ । विहान साढे दश बजे देखि हुने तिज गीत कार्यक्रममा सहभागी हुन गुल्मेली समाजले आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.