काठमाडाैं, भदाै ६: नेपाली सांगितिक क्षेत्रमा बिस्तारै पाइला अगाडी बढाउदै आएका गीतकार भोजराज पाण्डेको चर्चित लोक आधुनिक गीत घुम्टो ओढीको म्यूजिक भिडियो बजारमा आएको छ ।
नेपाली मौलिक शब्दहरुलाई टिपिक्कै टिपेर आधुनिक लोक गीत मार्फत गीतकार पाण्डेले सांगितिक बजारमा ल्याएका छन् । पछिल्लो समयमा नेपाली सांगितिक क्षेत्रमा हराउंदै गएको मौलिकपना, ऐतिहासिकता र सांस्कृतिक परिवेश र शब्दमा देखिएको खडेरी र छाडापनलाई यस गीतले धेरै हद सम्म चिर्ने काम गरेको छ ।
नेपाली सांगितिक बजारमा अत्यन्तै ब्यस्त संगितकारको रुपमा पहिचान बनाउन सफल संगितकार दिपक शर्माले संगितबद्ध गरेको यस गीतमा सुमधुर आवाज दिने काम युवा गायक बिक्रम राईले गरेका छन् भने रचनाकारको रुपमा स्वयम भोजराज पाण्डे रहेका छन् । उक्त गीतको म्युजिक भिडियोमा एलिना पटेल र नरेश वीर सिंहले मुख्य अभिनय गरेका छन ।
खास गरी नेपाली सांगितिक क्षेत्रमा हराउंदै गएको स्थान बिशेषमा प्रचलनमा रहेका शब्द र टिपिकल मौलिकतालाई समेट्ने परिपाटीलाई यस गीतले आत्मसाथ गरेको छ र सांगितिक पारखीहरुका लागि यो गीत एउटा गतिलो खुराख हुन सक्ने कुरा नकार्न सकिदैन् ।