गभर्नर नियुक्तिमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

| 2025 May 29 | 01:14 pm 893

काठमाडौँ १५ जेठ / सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। आज (बुधबार) न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले उक्त रिटको सुनुवाइ गरेको हो ।

सो रिटमा सुनुवाइ गर्दै न्यायाधीश मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको लागि दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।

अधिवक्ताद्वय अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले रिट दर्ता गरेका हुन् । रिट दायर गर्दै उनीहरुले गभर्नरको नियुक्ति गैरकानुनी भएकाले नोटमा हस्ताक्षर गर्ने कार्य रोक्न पनि अन्तरिम आदेशको माग गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.