गन्धकसहित भारतीय नागरीक पक्राउ

| 2023 Jul 07 | 11:03 am 2261

कैलाली, असार २२ । कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २९ के.जी. ५ सय ग्राम विष्फोटक पदार्थमा प्रयोग हुने गन्धकसहित भारत घर बताउने ४२ वर्षिय शिवा गुप्तालाई नियन्त्रणमा लिएको छ ।
साईकलमा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरले नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा उनले शुरुमा झोलामा आलु, प्याज रहेको भन्दै भाग्ने प्रयास गरेका थिए । तर शंकास्पद अवस्थामा देखिएका उनलाई नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा गन्धक बरामद भएको हो । के प्रयोजनका लागि गन्धक ल्याइएको हो भन्ने पत्ता लागेको छैन ।

नियन्त्रणमा लिइएका गुप्तालाई बरामद गन्धक तथा साईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय हसुलियामा बुझाईएको सह प्रवक्ता, सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.