कविता – तरकारीका नाम

रिपोर्ट नेपाल | 2023 Jul 04 | 05:21 pm 5457

कविता

बुङ्गो, जुवानु, धनियाँ र मेथी
चम्सुर, पालुङ्गो धेरै गर्नु खेती
रायो, मुला, भिण्डी र करेला
तरकारी उत्तम मुख बाङ्गो बरेला ।

सिमी, बोडी, परवर, तामा कुरिलो
भिंगनी, भण्टा, लौका, कोभी, निगुरो
लाजिम्मे, ठोट्ने, गँदे र जलुको
बन्दा, स्कुसजरा, छ्यापी, कुकुरडाइनो ।

बकुल्ला, घिरौला, फर्सी र पिँडालु
सबै साथ मिल्ने एउटै छ आलु
तरुल, भ्याकुर, सुठुनी र गिट्ठो
यी चिज खानु खुब मानी मिठो ।

चटाल, पेडार, चना र सोइजन
मोटर केराउ आदि अरू केही छन्
जे छन् छँदै छन् छुटे फेरि लिउँला
मिठै छुट्न गए पुनः लेखी दिउँला ।

© खगेश्वर कोइराला

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.