एउटा कुरा भन्नु थियो

रिपोर्ट नेपाल | 2023 Jun 17 | 05:01 pm 2413

गिती कविता

एउटा कुरा भन्नु थियो मैले उनलाई

गुलाफको फूल उपहार पठाएको थिए उनलाई

 

उनको वरिपरि बस्छु, प्रेमको भाषा बोल्छु

गङ्गाको पानी जस्तो सङ्लो माया चिनेको छु

मनले भन्छ आज दिलमा फूल फुलेको छ पिरतीको

दियो बाल्छु आज मैले हाम्रो जिन्दगीको

 

आशै आसमा बसेको छु धेरै समय बितिसक्यो

भन्नु थियो धेरै कुरा बाकी नै रह्यो

यसो सोच्ने गर्छु जिन्दगीलाई सजाउनु छ

माया यो वर्षा बनेर धर्तीमा बर्सिन्छ

 

एउटा कुरा भन्नु थियो मैले उनलाई

गुलाफको फूल उपहार पठाएको थिए उनलाई

 

  • गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.