ऋतिकपछि मैले वीर दासको इज्जत लुटें : कंगना

रिपोर्ट नेपाल | 2023 Jul 27 | 09:22 am 1889

बलिउड अभिनेत्री कंगनालाई बेला बेला आफ्नो कथित पूर्वप्रेमी ऋतिक रोशनको याद आउने गर्छ।

यही कारण उनी बेला बेलामा सार्वजनिकरुपमा ऋतिकलाई सम्झने गर्छिन्। हालै कंगनाले कमेडियन वीर दासको बाहनामा ऋतिकलाई सम्झिएकी छन्। फिल्म रिभल्भिङ रानीमा कंगनाले कमेडियन वीर दासको ओठमा रगत आउने गरी चुम्बन गरेको भनेर लेखिएको एक रिपोर्टमाथि प्रतिक्रिया दिँदै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्क्रिन सट शेयर गरेकी छिन्। ऋतिक रोशनपछि मैले विचरा अभिनेता वीर दासको इज्जत लुटें। थाहा छ यो कहिले थियो? सन् २०१४ मा रिलिज भएको क्राइम कमेडी फिल्म रिभल्भिङ रानीको सुटिङ सम्झदै कंगनाले इन्स्टाग्राममा लेखेकी छन्। पोस्टमा उनले अभिनेता ऋतिकलाई पनि सम्झिएकी छन्।

उक्त फिल्ममा कंगनाले वीरलाई चुम्बन गर्ने क्रममा वीरको मुखबाट रगत नै बगेको चर्चा थियो। त्यस्तै, सन् २०१३ मा रिलिज भएको फिल्म क्रिस–३ को सुटिङताका नजिकिएका कंगना र ऋतिकबीच प्रेम सम्बन्ध रहेको चर्चा थियो। कंगनाले आफूलाई ऋतिकले पेरिसमा प्रेम प्रस्ताव राखेपछि आफूहरुबीच प्रेम सम्बन्ध रहेको बताए पनि विवाहित ऋतिकले भने सधैं अस्वीकार गर्दै आएका छन्। कंगनाले आफ्नो वैवाहिक र पारिवारिक सम्बन्ध बिग्रने डरले ऋतिकले आफूलाई धोका दिएको बताएकी थिइन्।

भनिन्छ यही विषयमा मनमुटाव भएपछि ऋतिक र कंगना छुट्टिएका थिए। सन् २०१६ मा कंगनाले ऋतिकले आफ्नो जासुसी गरिरहेको र सम्बन्ध राम्रो भएका बेला लिएका आफ्नो फोटो तथा इमेल सञ्चारमाध्यमलाई दिएको भन्दै ऋतिकलाई पक्राउ गर्न माग गरेकी थिइन्। यो कानुनी विवाद करिब एक वर्षसम्म चलेको थियो। त्यसपछि भने बेला बेला कंगना र ऋतिकबीच विभिन्न विषयका विवाद चल्दै आइरहेको छ। – नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.