आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित

रिपोर्ट नेपाल | 2018 May 29 | 10:26 am 1704

काठमाडौं, जेठ १५: मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/७६ सालको बजेट पारित गरेको छ । मंगलबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद बैठकमा समेत बजेटको आकार खुलाउन मानेनन् । उनले समृद्धिलाई केन्विन्दुमा राखिएको, स्वास्थ्य शिक्षा, भौतिक पूर्वाधार प्राथमिकतामा रहेको जानकारी गराए पनि बजेटको आकार खुलाउन नमानेको एक मन्त्रीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.