मुख्यसचिव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

| 2024 Jun 23 | 01:01 pm 1329

काठमाडौँ ०९ असार / टेरामक्स खरिद प्रकरणमा अख्तियारले मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्यालको संलग्नता देखिएपछि अर्यालविरूद्ध मुद्दा दायर गर्ने निर्णय गरेको हो।

टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ।

अर्याल सञ्चार मन्त्रालयका सचिव छँदा भएको अन्तःशुल्क स्टिकर प्रकरणमा उनलाई दोषी किटान गरी मुद्दा चलाउने निर्णय गरिएको हो। उक्त फाइल विशेष अदालत पठाइएको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.