नगरपालिकाले अत्याधिक कर बढाएकाे विराेधमा गौशाला बजार बन्द

रिपोर्ट नेपाल | 2018 Aug 11 | 12:14 pm 2113

महोत्तरी साउन, २६ : नगरपालिकाले कर बढाएकाे विराेधमा अाज महोत्तरीको गौशाला बजार बन्द गराइएको छ । बजार गौशाला उद्योग वाणिज्य संघको अगुवाइमा बन्द गराइएकाे हाे ।

नगरका सर्वदलीय पक्षको समन्वय र आग्रहमै संघले बजार बन्द गराएकाे हाे । नगरपालिकाले अत्याधिक मात्रामा कर लादेको भन्दै विरोधस्वरुप बजार ठप्प पारिएकाे उद्योग वाणिज्य संघ गौशालाका सचिव सुनिलचन्द्र झाले बताए ।

सचिव झाका अनुसार गौशाला नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फत अत्याधिक मात्रामा कर बढाएकाे छ । अधिक करले गर्दा  जनताकाे दैनिकी नै प्रभावित भएकाे भन्दै विरोधस्वरुप बजार बन्द गरिएको उनकाे भनाइ छ । नगर समितिले बजेटकाे सिलिङ गर्दादेखि नै विराेध गरिएकाे तर वास्ता नगरेपछि बजार नै बन्द गराउनु परेकाे संघका पदाधिकारी बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.