१ सय ४९ किलो गाँजासहित १४ जना पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 12 | 07:51 am 929

सुनसरी, माघ २९।  धरान उपमहानगरपालिका-१३ जिरोप्वाइन्टबाट अवैध लागूऔषध गाँजा १ सय ४९ किलोसहित १४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै बिआर १० पि ९१५४ नम्बरको बोलेरोबाट ५० किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने ३१ वर्षीय मनोरन्जन मुइमार समेत ४ जना र एमपि १७ टिए ०५१२ नम्बरको बोलेरोबाट ९९ किलो गाँजासहित चालक भारत बिहार कुर्निया बस्ने ३९ वर्षीय गोपी मण्डलसमेत ५ जनालाई पक्राउ गरेको हो । साथै उक्त लागूऔषधको कारोबारमा संलग्न बिआर १० एजे ४४८६ नम्बरको कारमा सवार भारत बिहार कुर्निया बस्ने २३ वर्षीय सन्तोष साहसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.