स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुट

| 2024 Jun 21 | 12:41 pm 697

काठमाडौँ ०७ असार / स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्ग स्थित सोरुम वाच ग्यालरीमा यस्तो छुटको घोषणा गरिएको हो ।

लक्जरी सुज, ब्याग, बेल्ट, वालेट लगायतका उत्पादनहरुमा विश्वप्रख्यात ब्राण्ड बालीलाई नेपाली बजारमा वाच ग्यालरीले विक्री वितरण गर्दै आएको छ । सर एडमण्ड हिलारी सँगै तेन्जिङ नोर्गेले पहिलो पटक समगरमाथाको आरोहण गर्दा लगाएका रेनडियर बुटहरु हुन् वा स्विस ओलम्पिक टोलीले लगाउने प्राविधिक रुपमा सम्मुन्न कर्लिङ सुजहरुहुन् बालीले सदैब गुणात्मक उत्पादनलाई प्राथमिकता दिंदै आएको सर्बविदित्तै छ ।

१७२ बर्ष भन्दा लामो आफ्नो लेगेसीलाई कायम राख्दै आजको अत्याधुनिक प्रविधी र आधुनिकता सँग हातेमालो गर्न सिपालु बाली विश्वभरका सेलिब्रेटी, ब्यावसायि तथा संभ्रान्तहरुको पहिलो रोजाई बन्दै आएको छ । होटल उडल्याण्ड सँगै दरबारमार्गमा रहेको वाच ग्यलरीले नेपाली बजारमा लामो समयदेखी बालीको आयात तथा विक्री वितरण गर्दै आएको छ । हालै बालीको नयाँ कलेक्सन भित्र्याएको वाच ग्यालरीले कम्पनी सँगको सहकार्यमा नेपाली उपभोक्ताका लागि विशेष छुटको मौका ल्याएको हो ।

“नेपालको खस्किएको आर्थिक अवस्थाका कारण धेरै सम्भावित उपभोक्तालाई हामीले सेवा प्रदान गर्ने मौका प्राप्त गरेका थिएनौं ।“ वाच ग्यालरीका प्रबन्ध निर्देशक पंकज झुनझुनवाला भन्छन्, “त्यसैले बालीको गुणस्तरीयताको अनुभव नेपाली उपभोक्ताले गर्न सकुन् भन्ने उदेश्यले हामीले कम्पनी सँगको सहकार्यमा यस्तो छुटको अवसर ल्याएका हौं ।

उनी थप्छन्, “सामान्यतया लक्जरी ब्राण्डहरुले यस्तो सेल वा छुट दिंदैदन्, हामीले नेपाली उपभोक्तालाई थप अफोर्डेबल बनाउन यस्तो प्रयास गरेका हौं ।“ कम्पनीले नेपाली उपभोक्तालाई प्राप्त यो अवसरको सदुपयोग गर्न आग्रह समेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.