उदयपुर, जेठ २३: डिउटीमा रहेका प्रहरीमाथि स्थानीय युवायुवतीद्वारा हातपात गर्दा ३ जना प्रहरी घाइते भएका छन् ।
कटारी नगरपालिका वडा नम्बर ६ बिहीबारेस्थित डिउटीमा रहेका प्रहरीमाथि युवायुवतीले बियरको बोतल र बाँसको भाटा प्रहार गरी प्रहरीहरुलाई घाइते बनाएका प्रहरीले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेका सोही नगरपालिका वडा नम्बर ७ का २२ वर्षीय प्रदिप तामाङसमेत गरी २ जना पुरुष र २ जना महिलालाई प्रहरीले पक्राउ गरेका छन् ।
घटना स्थालमा हो–हल्ला गरी बसेका उनीहरु समेत ५ जनालाई प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीले सोधपुछ गर्ने क्रममा अचानक प्रहरीमाथी बियरको बोतल र बाँसको भाटाले प्रहार गर्दा ३ जना प्रहरी कर्मचारी घाइते भएको प्रहरीले जनाएको छ ।