सुनसरी, पुस ७: सोमबार सुनसरीको भोक्राहा नरसिंह ५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकमा ठोकिदा एम्बुलेन्समा सवार एक जनाको मृत्यु भएको छ । चालकसहित अन्य चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुर चौडण्डीगडी नगरपालिका ५ का ५० बर्षीय चेत बहादुर बिष्टको रहेका छन् ।
आज बिहान साढे ८ बजे पश्चिम तर्फ जादै गरेको ना ७ ख ३५५३ नम्बरको ट्रकलाई सोहि दिशा तर्फ जादै गरेको स १ च ४९६ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिदा एम्बुलेन्समा सवार बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिए।
घाईते भएका मध्ये तीन जनाको नोबेल अस्पताल विराटनगर र चालकको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको सोही प्रहरीले जनाए । । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा राखेको जनाए।