काठमाडौँ २१ जेठ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार तीन नेताबीच भेटवार्ता भएको हो ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको हो ।
भेटवार्तामा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल भएको थियो । सोमबारै बालुवाटारमा तीन प्रमुख राजनीतिक दलका नेताहरूबीच करिब तीन घण्टा भेटवार्ता भएको थियो । त्यसपछि सिंहदरबारमा सत्तासाझेदार दलका तीन नेताबीच भेटवार्ता भएको हो ।