काठमाडौँ २२ चैत / काठमाडौँ महानगरपालिकाले गृहमन्त्री रबि लामिछानेकी पत्नी निकिता पौडेल उपाध्यक्ष रहेको साइ स्वागत सहकारीमा छापा हानेपछि गृहमन्त्री रवि लामिछानेले मेयर बालेन शाहसँग भेट गरेका छन्।
महानगरको छापालगत्तै लामिछानेले मेयर शाहलाई भेटेका हुन्। स्रोतका अनुसार गृहमन्त्री लामिछानेले बुधबार दिउँसो आफ्नै कार्यकक्षमा मेयर शाहसँग भेट गरेका हुन्।
महानगरले छापा मारेर उक्त सहकारीको सफ्टवेयर नियन्त्रणमा लिएको थियो। बचतकर्ताको रकम फिर्ता नदिएको उजुरी परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले महानगरसँग उक्त सहकारीबारे जानकारी मागेको थियो।
उक्त सहकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई ८० लाख रुपैयाँ ऋण दिएको कागजात फेलापरेको स्रोतको दाबी छ।