सरुवा र शाखा परिबर्तनप्रति दंगीशरणका कर्मचारीको असहमति

| 2024 Feb 21 | 08:28 am 693

दाङ, फागुन ९। दंगीशरण गाउँपालिकामा कर्मचारी सरुवा र शाखा परिवर्तनप्रति दुई कर्मचारी संगठनले असहमति जनाएका छन् । नेपाल निजामती कर्मचारी संगठन दंगीशरण र नेपाल निजामती कर्मचारी संगठन (निजामती) ले असहमति जनाएका हुन् । कर्मचारी सरुवा र शाखा परिवर्तन गरेको भन्दै दुई संगठनले १२ वटा बुदा अघि सार्दै उनीहरुले तत्काल निर्णय सच्याउन आग्रह समेत गरेका छन् ।

नेपाल निजामती कर्मचारी संगठन दंगीशरणका अध्यक्ष लेखनाथ आचार्य र नेपाल निजामती कर्मचारी संगठन (निजामती) दंगीशरणका अध्यक्ष किरण पोखरेलले कर्मचारी सरुवा तथा शाखा परिवर्तन कार्यलाई तत्काल फिर्ता गर्न आग्रह गर्नुभएको छ । कर्मचारी सरुवा तथा शाखा परिवर्तन गर्दा कर्मचारीसंग छलफल नगरिएको, आत्मसम्मानमा ठेस पु¥याएको, साविककै जिम्मेवारीमा कर्मचारीलाई खटाउनुुपर्ने, सरुवा खारेज हुनुपर्ने, आस्थाका आधारमा कर्मचारीलाई सरुवा तथा शाखा परिवर्तन गर्न नहुने तथा आस्थाकै आधारमा एक आर्थिक बर्षमा पाँच पटक काज सरुवा गर्ने जस्ता ब्यबहार तत्काल बन्द गर्न आग्रह गरिएको छ ।

नेपाल निजामती कर्मचारी संगठन दंगीशरणका अध्यक्ष लेखनाथ आचार्य र नेपाल निजामती कर्मचारी संगठन (निजामती) दंगीशरणका अध्यक्ष किरण पोखरेलले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेलाई सयुक्त रुपमा ज्ञापन पत्र बुझाउनुभएको हो । मागप्रति बेवास्ता गरिएको अबस्थामा चरणबद्ध आन्दोलन तथा त्यसको नोक्सानी पालिकाले लिनुपर्ने उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.