समयसिमा ताेकेर काम गर्न स्वास्थ्य मन्त्री खनालकाे निर्देशन

| 2023 Oct 07 | 03:00 pm 1357

देउखुरी, असाेज २० । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले परिणाम देखिने गरि काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रालयमा भएकाे कर्मचारी सहितकाे बैठकमा मन्त्री खनालले जिम्मेवारी बाँडफाँड गरि समयसिमा ताेकेर काम गर्न आग्रह गरेका हुन् ।  चालू आर्थीक वर्षदेखी सुरू हुने गरि मन्त्रालयले ल्याएका कार्यक्रम कार्यान्वयनका लगी आबश्यक केही कार्यविधी अझै सम्म नबनेकाे प्रती असन्तुष्टी ब्यक्त गर्दै स्वास्थ्य मन्त्री खनालले सबै कार्यविधी तीन दिन भित्र बनाइसक्न निर्देशन दिएका थिए।

” जिम्मेवारीमा रहेका काम समयमै सम्पन्न गर्नुस, कुनै पनि काम पेण्डिङमा नराख्नुस, यहाँ काम गर्ने मन छैन भने भन्नुस अन्यत्र जाने ब्यबस्था म गरिदिन्छु ।” स्वास्थ्य मन्त्री खनालले भने । जनशक्ती कमिका कारण काम नभएकाे रेडिमेट जवाफ आफुलाई नचाहिएकाे भन्दै मन्त्री खनालले कामकाे प्रगती देखिनका लागि नभई नहुने जनशक्ती ब्यबस्थापन छिटै गरिने बताए ।  खालि दरबन्दीमा करारमा जनशक्ती नियुक्त गर्ने बाटाे खुलिसकेकाे भन्दै स्वास्थ्य मन्त्री खनालले खालि रहेका पदमा तत्काल दर्खास्त खाेल्न निर्देशन दिए ।

प्रदेशमा रहेका सबै मन्त्रालय मध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने मन्त्रालयकाे रूपमा स्वास्थ्य मन्त्रालय बन्नुपर्ने भन्दै मन्त्री खनालले स्वास्थ्य संस्था स्थापना सञ्चालन नविकरण तथा स्तराेन्नतीकाे प्रकृया सुरू गर्न पनि निर्देशन दिए । स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले जिम्मेवारी अनुसारकाे काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.