काठमाडौँ ०७ असार / प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै सिर्जनात्मक र सकारात्मक सोच सहित जनतामा आशा प्रवाह गरेर मात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए।
जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनताको भलो नचिताउने गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले जिकिर गरेका छन्।
प्रधानमन्त्री दाहालले इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ, उनले भने बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुहोस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नु पर्दैन। परिवर्तनका पक्षमा खुलेर लेख्न र बोल्न बुद्धिजीविलाई आग्रह समेत गरे ।
नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो। संसारभर जनतालाई कतापट्टि डोर्याउने भन्ने सवालमा बुद्धिजीवी निर्णायक हुने उल्लेख गरे। “क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको दाहालको भनाइ थियो ।
बुद्धिजीवीले जनमतलाई समाजवादी दिशातिर डोर्याउन भूमिका खेल्नुपर्नेमा दाहालले जोड दिए। “क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आआफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्छ, उनले भने।