काठमाडौँ २३ साउन / संघीय संसद सचिवालय, सिंहदरबारमा आज संघीय संसद्का पाँच वटा समितिको बैठक बस्दै छ।
अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसद सदस्य र विज्ञहरूसँग छलफल गरिने छ, बैठक दिउँसो १ बजेबाट सुरु हुने छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिले समितिबाट भएका स्थलगत अनुगमनका प्रतिवेदन माथि छलफल हुनेछ। यो बैठक अपरान्ह १२ः१५ बजे बस्ने छ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठक भने बिहान ९ः०० बजेबाट सुरु हुने छ। जुन बैठकमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानुनी जटिलता सम्बन्धमा छलफल गरिनेछ।
सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल हुनेछ। यो बैठकमा बिहान ११ बजे बस्ने छ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान ९ः१५ बजेबाट सुरु हुने छ। जुन बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुने छ