संखुवासभाको चैनपुरमा एकै घरका चार बालबालिका अचेत

रिपोर्ट नेपाल | 2023 May 08 | 07:34 am 1333

संखुवासभा, बैशाख २५ः संखुवासभाको चैनपुर नगरपालिका –९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आइतबार बिहान चैनपुर –९ खाम्लिङमा चार जना बालबालिका अचेत अवस्थामा फेला परेका हुन् ।

चैनपुर –९ खाम्लिङका मन बहादुर तामाङका चार जना छोरा छोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए । प्रहरी निरिक्षक बस्नेतका अनुसार मनबहादुरका छोरा ९ बर्षीय मनधोज तामाङ, ८ बर्षीय राजेन्द्र तामाङ, ५ बर्षीय निमसाङ तामाङ र छोरी ३ बर्षीया सुपरिना तामाङ घर नजिकै अचेत अवस्थामा फेला परेका थिए ।

बिहान घरमै छाडेर मेलापात गएका मनबहादुर घर फर्किदा छोराछोरीहरु अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खवर गरेका थिए । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

अचेत अवस्थामा फेला परेको एक छोरा र एक छोरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको । उनीहरुले जंगली खाने कुरा खाएर विरामी परेको हुन सक्ने प्रहरीको अनुमान छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.