नेपाली व्याकरण सिकाउने तीज गीत (भिडियोसहित)

रिपोर्ट नेपाल | 2018 Sep 06 | 07:23 am 6615

काठमाडौं, भदौ २१: नेपाली व्याकरणको नियम सिकाइएको तीज गीत सार्वजनिक भएको छ । अवेयरनेस इन्टरनेशनल एकेडेमीका विद्यार्थीले तीजको भाकामा ह्रस्व र दीर्घ लेख्ने नियम सिकाएका छन्।

विद्यालयमा विद्यार्थीलाई पढाउन प्रयोग गरिएको सूत्रलाई नै गीतमा उतारिएको छ ।

श्रद्धा पराजुली र एआईए एकेडेमीका विद्यार्थीहरुको स्वर रहेको गीतको शब्द विमल घिमिरेले लेखेका छन् भने राजकुमार घिमिरेको संगीत रहेको छ । गीतको टाइटल नै ‘नेपाली व्याकरण’ राखिएको छ।

गीतको भिडियोमा एआईए एकेडेमीका विद्यार्थीहरुले नृत्य गरेका छन्।

भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.