व्यस्त रश्मी: दिनमा तीनवटा भिडियो

रिपोर्ट नेपाल | 2018 May 26 | 04:19 am 3280

काठमाडौं: नृत्यांगना रश्मी तामाङ पछिल्लो समय निकै चर्चामा छिन् । उनी हाल म्युजिक भिडियोको सुटिङ्‍मा व्यस्त छिन् । गत वर्ष उनले २८ वटा भिडियोमा नृत्य गरेकी थिइन् ।

पछिल्ला दुई वर्षयता वितरण भएका विभिन्न अवार्ड समारोहमा म्युजिक भिडियोको सर्वोत्कृष्ट मोडलको विधाका ६ वटा अवार्ड उनले जितेकी छिन् । आफ्नो नृत्यमा नयाँपन भएकैले अवार्ड पाएको दाबी गरिन् ।

अहिले उनी तीजको चटारोमा व्यस्त छिन् । उनले भनिन्, ‘चाडपर्व विशेष गीतका म्युजिक भिडियोमा धेरैले मलाई नै सम्झनुहुन्छ । त्यसका साथै देश–विदेशका सांस्कृतिक कार्यक्रमहरूमा पनि उत्तिकै सक्रिय हुन्छु । म नृत्य गरेरै वर्षैभरि व्यस्त छु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.