राजापुर, साउन २६ : प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकाे बर्दिया सेक्रेटरी गणेश अर्याललाई पक्राउ गरेको छ ।
अर्याललाई आज सदरमुकाम गुलरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । जिल्लामा घटेका विभिन्न घटनामा उनको संलग्नता रहेकाले अनुसन्धान अगाडि बढाइएको बाँस्तोलाले बताए ।