लोकप्रिय गायक तथा सर्जक मोतिराज खनाल सर्वोत्कृष्ट भजन गायक

रिपोर्ट नेपाल | 2025 Aug 27 | 02:58 pm 1405

काठमाडौँ ११ भदौ / बक्स अफिस म्युजिक अवार्डमा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनाल सर्वोत्कृष्ट भजन गायक / संगितकारको उपाधी बाट सम्मानित भएका छन्।

बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा सम्पन्न १९औं रामबहादुर (आरके) सुवेदी गोल्डकप सेभेन ए साईड खुला फुटबल प्रतियोगिताको उपाधि डिफेन्सिङ च्याम्पियन सनराइज अजय एफसीले जितेको छ । तेन्जिङ चोक बौद्धस्थित इलाईट फुटसलमा भएको उपाधि भिडन्तमा सनराइज अजय एफसीले भैरव फुटसल भक्तपुर एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि रक्षा गरेको हो । सनराइज अजय एफसीको जितमा पेम्बा लामाले एक गोल गरे ।

विजेता बनेको सनराइज अजय एफसीले उपाधि सहित नगद रु १ लाख हात पार्दा उपविजेता भैरव फुटसलले रु ४१ हजार रुपैयाँसहित प्रथम टर्फीसरहकै १३ केजीकै आकर्षक ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ सनराइज अजय एफसीकै अनिष खड्का उत्कृष्ट गोलरक्षक बन्दा अजय एफसीकै खेलाडी उत्कृष्ट घोषित भए । त्यस्तै उपबिजेता भैरव फुटसलका सविन खड्का प्रतियोगिताकै सर्वोत्कृष्ट डिफेन्डर चुनिए भने फियर प्लेको अवार्ड निकेष एफसी इटहरीले प्राप्त गरेको छ ।

देशभरिका कुल १०२ टिमबाट खुला छनोट गरेर २४ टिमको संयोजन गरी खेलाएको उक्त प्रतियोगिता अत्यन्तै रोचक र रमाइलो रहेको प्रतियोगिताको फाइनलमा चर्चित महिला राष्ट्रिय खेलाडी रेखा पौडेललाई प्रोत्साहन सम्मान गरेको थियो । अहिलेको चर्चित महिला खेलाडी रेखालाई आयोजक संस्था बक्स अफिस इन्टरनेसनल ग्रुपका अध्यक्ष आर के सुवेदी, व्यवसायी निरज ठाकुर, निर्माता कलाकार गणेश थापा मगर, महिला उद्यमी सावित्री भण्डारी, कलाकार तथा व्यवसायी केदार खड्का, वरिष्ठ कलाकार समाजसेवी बासु फुयाँलले सामूहिक सम्मान गरेको थिए ।

 

 

 

प्रतियोगिताको फाइनलमा विभिन्न चलचित्रकर्मी, उद्यमी, पत्रकार, समाजसेवीहरुको उल्लेखनिय उपस्थित रहेको थियो । १९ औ विश्व कृतिमानी रामबहादुर सुवेदी गोल्ड कपको फाइनल भव्य अवलोकनसँगै उक्त कार्यक्रममा नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड २०८१ का विजेताहरुलाई भव्यरुपमा अवार्ड हस्तान्तरण गरिएको छ ।

२०८१ मा उत्कृष्ट पप म्युजिक भिडियो २०८१ को सर्वोत्कृष्ट पप म्युजिक भिडियो टाइटलमा सञ्जय नेउपाने पोडक्सनले निर्माण गरेको हट म्युजिक भिडियो मालतीले बाजी मारेको छ । थाइल्यान्डको ठूला र आकर्षक शहरहरुमा ठूलो लगानीमा निर्माण भएको पप म्युजिक भिडियो मालती यो वर्षको उत्कृष्ट म्युजिक भिडियोसँगै निर्देशक विधामा सञ्जय नेउपाने, मोडलमा साम्राज्ञी राज्यलक्ष्मी साह, छायाँकनमा सौरभ लामाले अवार्ड प्राप्त गरेको छन् ।

त्यसैगरी चलचित्र संगीतमा यो वर्ष गीतले हिट बनेको चलचित्र बोक्सीको घरको चर्चित गीत बुझिन मैले बुझाइदेउ कसैले २०८१ को उत्कृष्ट संगीत सावित भयो । चलचित्र बोक्सीको घरको शीर्ष संगीतसँगै संगीतकारमा प्रकाश सपुत, मोडलमा केकी अधिकारी, गायिकामा समीक्षा अधिकारीले नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड हासिल गरे ।

२०८१ को उत्कृष्ट कलर करेक्सन विधामा मन म्युजिक भिडियोबाट रेनेश फागु र सम्पादक विधामा बाँध मायाबाट बन्दे प्रसादले अवार्ड हासिल गरे । धार्मिक भजन बिधाबाट सुपादेवी देउराली माई धार्मिक म्युजिक भिडियो सबैभन्दा अब्बल सावित रह्यो । भजन म्युजिक भिडियो अवार्डमा गायक/रचनाकार तथा संगितकार बिधा बाट मोतिराज खनाल सर्वोत्कृष्ट अवार्डबाट सम्मानित भएका छन निर्देशनमा सुरज खनाल, एरेन्जर बिश्वास नेपाल , अभिनय बाट सुरवीर पण्डित (दारी बा) सर्मिला शर्मा , सम्पादक तथा कलरमा बिनोद बम, छायांकनमा विशाल परियार अवार्डबाट सम्मानित भएका थिए ।

 

 

 

त्यसैगरी पर्यटन गीत–संगीततर्फबाट पाथिभरा कृयटिभ हाउस उत्कृष्ट हाउसको विधासँगै पर्यटन म्युजिक भिडियो ओलाङचुङगोला उत्कृष्ट रह्यो । अवार्डमा उत्कृष्ट पर्यटन म्युजिक भिडियो सँगै मोडल पेम्बा शेर्पा, निर्देशक हर्कराज गुरुङ, सम्पादकमा सुवास मुखिया सुनवार, छायांकनमा भुपेन्द्र योञ्जन अवार्डको मुख्य हकदार रहे भने हाँस्य मोडल विधामा म्युजिक भिडियो मेरो दाइको सालिबाट सुनेमान शंकर (इकु) उत्कृष्ट रहे ।

रामबहादुर गोल्डकपको फाइनल तथा नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड २०८१ को अवसरलाई भव्य र सभ्य बनाउन आर्थिक, नैतिक, भौतिक सहयोग गर्नुहुने समाजसेवी गणेश जिसि, व्यवयायी महिला उद्यमी सावित्री घिमिरे, व्यवसायी तथा समाजसेवी हाल अमेरिका बस्नुहुने गणेश पाण्डे, कलाकार–निर्माता निर्देशक रिमेश अधिकारी, धर्मगुरु समाजसेवी उमेशराज भण्डारी, युवा व्यवसायी भीमप्रसाद फुयाँल, गीतकार बागमती भाइ, निर्माता कलाकार गणेश थापा मगर, निर्माता निराजन ठाकुर, पर्यटन व्यवसायी रुपक कोइरालालगायतलाई आयोजक संस्थाले विशेष सम्मान गरेको छ ।

कार्यक्रममा उपस्थित हुन्ने सम्पुर्ण अथितिहरुले फुटसल इतिहासकै १३ केजीको आकर्षक टर्फी, राष्ट्रिय झण्डा, नौकन्या र नाङ्लोमा दियो बालेर धार्मिक पराम्परा शैलीमा प्रत्येक्ष नगद पुरुष्कार वितरण कार्यको निरन्तरता यो वर्ष पनि दिएकोमा आयोजक संस्थाको उच्च प्रशंसा गर्नुभएको थियो । त्यसैगरी बक्स अफिस इन्टरनेसनल ग्रुपले आफ्नो तत्कालको टुनामेन्ट आगामी मंसिर २७ र २८ गते इलाइटमै ओपन च्यालेन्ज टेलिफिल्म अवार्ड कपको आयोजनाको मिति पनि सार्वजनिक गरेको कार्यक्रम अध्यक्ष आरके सुवेदीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.