लागू औषधसहित दुर्इ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 06 | 07:28 pm 1785

बारा, मंसिर २० :  जिल्ला प्रहरी कार्यालय बाराले अवैध रूपमा काठमाडौँ  लान लागेको लागू औषधसहित दुर्इ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बारा जितपुरसिमरा उपमहानगरपालिका  ३ बाट उनीहरुलार्इ  लागु औषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज  महानगरपालिका वडा नं. ३२ बस्ने वर्षीय ५० वर्षी नैमुदिन अन्सारी र काठमाडौँ महानगरपालिका १२ का १९ वर्षी लाक्पा शेर्पा रहेका छन् । उनीहरूको साथबाट डाईजेल्याव इन्जेक्सन १५०,फेनार्गन इन्जेक्सन १५० र नुर्फिन इन्जेक्सन १५० गरी जम्मा ४५० पिस
इन्जेक्सन बरामद गरेको छ ।

दुवै जनालाई बारा जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.