‘रोमियो एण्ड मुना’ १५ लाखमा अमेरिका उडे

रिपोर्ट नेपाल | 2018 Jun 26 | 08:56 am 4783

काठमाण्डौ, असार १२: साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ नेपालसँगै अमेरिकामा पनि एकसाथ रिलिज हुने भएको छ ।

नाम्लो ईभेन्टले अमेरिकाको न्युयोर्क, बाल्टिमोर, डालस लगायत शहरमा यो फिल्म प्रदर्शन गर्न लागेको हो। नाम्लोका विक्रान्तमान श्रेष्ठले ‘रोमियो एण्ड मुना’ को अमेरिका राइट्स लिएका छन्।

फिल्मको अमेरिका राइट्स १५ लाख रुपैयाँ रहेको निर्माता प्रशन्न गोपाली बताउँछन् । अमेरिकासँगै युरोपका इटाली र जर्मनमा पनि फिल्म बिक्री भएको निर्माता गोपालीको भनाई छ।

‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘डाइङ क्यान्डल’ फिल्म निर्देशन गरेका थिए । निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन्।

फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ। उक्त फिल्म प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.