रेसुङ्गा नगरका खिलध्वजले देखाए नगरपिताको जिम्मेवारी

| 2023 Oct 10 | 04:47 pm 8377

गुल्मी, असोज २३ । नेपाली कांग्रेस गुल्मीका सभापति एवं रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी आफ्ना मतदाताप्रति कति सचेत र सजग छन भन्ने कुरा इजरायल घटनाले छर्लङ्ग पारेको छ । इजरायलमा फ्यालेस्टाइनको हमासबाट आतङ्ककारी शैलीमा आक्रमण भई दश जना नेपालीको मृत्यु भएपछि प्रमुख पन्थीले आफ्नाो नगरकी एक छात्राका विषयमा चिन्ता लिएर टेलिफोन सम्पर्क गरेका छन् ।

सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट इजरायल सरकारको कार्यक्रम अन्तरगत अध्ययनका लागि इजरायल गएकी रेसुङ्गा नगरपालिका वडा नं. २ की मनिषा खनालसँग प्रमुख खिलध्वज पन्थीले गारोसारोका विषयमा सोधखोज गरेका थिए । केही अप्ठयारो भए आफू जस्तो सुकै सहयोग गर्न तयार भएको कुरा पन्थीले भने पछि छात्रा खनालले आफू पूर्ण सुरक्षित रहेको र आफूसँग ३२ जना साथी रहेको बताएकी थिइन् । नगरप्रमुख पन्थीको यो कार्यले उनी जनताप्रति कति उत्तरदायी रहेछन भन्ने कुराको पुष्टयाई भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.