काठमाडौं ०७ साउन । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले देशका विभिन्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । पहिले लागू गरिएको नियमअनुसार, साउन १ गतेदेखि सामाजिक सुरक्षाभत्ताको परिचयपत्र नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको थियो।
ज्येष्ठ नागरिकहरूको दुःखका गुनासोलाई ध्यानमा राख्दै सरकारले गत असार २७ गते तत्कालका लागि यो नियम स्थगित गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषदको निर्णयअनुसार पालिकाहरूले राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्दा समस्यामा परेका नागरिकहरूलाई राहत प्रदान गर्न मन्त्रालयले मातहतका सबै निकायलाई अनिवार्यता हटाउने परिपत्र गरेको छ।
यस निर्णयले धेरैलाई सामाजिक सुरक्षा भत्ताको सुगमता र पहुँचमा सुधार ल्याउने अपेक्षा गरिएको छ।