राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा सुधार, भोलि घर फर्कँदै

| 2018 Jun 01 | 01:41 pm 4768

नयाँ दिल्ली, १८ जेठ : राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । उनको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा दश दिनदेखि भइरहेको छ ।
स्वास्थ्यमा सुधार आएपछि राष्ट्रकवि घिमिरे भोलि शनिबार नेपाल फर्कने भएका छन् । शनिवार बिहान अस्पतालबाट डिस्चार्ज भएर सोझै एयरपोर्ट जाने र साढे दश बजे नेपाल एयरलाइन्सको विमानबाट नेपाल फर्कने छोरा इन्दिवरले बताए।

सानो आन्द्रामा भएको रक्त स्राव नरोकिएपछि यही नौ गते बुधबार थप उपचारका लागि दिल्ली ल्याइएको थियो। दिल्लीमा इन्डोस्कोपीपछि उनको सानो आन्द्रामा दुई ठाउँ हलुका घाउ भएको पत्ता लागेको थियो। ती घाउलाई लेजर प्रविधिबाट डामिएको थियो। उक्त उपचारपछि रक्तस्राव रोकिएसँगै घिमिरेको स्वास्थ्यमा सुधार हुँदै आएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.