रवि लामिछानेको अर्को तारिख वैशाख १५ गते

रिपोर्ट नेपाल | 2026 Mar 29 | 01:07 pm 305

चैत १५ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत काठमाडौंमा सहकारीको बचत रकम ठगीसम्बन्धी मुद्दाको तारिख बुझेका छन् । केहीबेरअघि अदालत पुगेका उनले कानुनबमोजिम तारिख बुझेर फर्किएका छन् । उनीमाथि विभिन्न पाँच जिल्लामा सहकारी ठगीसहितका मुद्दा छन् ।

लामिछाने आज तारेख बुझ्न अदालत पुगेका थिए । सहकारी ठगी प्रकरणको मुद्दामा उनले अदालत पुगेर तारेख बुझेका हुन् । उनीविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ । उनीविरुद्ध स्वर्णलक्ष्मीका ६९० जना बचतकर्ताले ९३ थान किटानी जाहेरी दिएका थिए । लामिछानेविरुद्ध ०८१ पुस २१ मा संगठित रुपमा सहकारीको रकम अपचलन गरेको मुद्दा काठमाडौं जिल्ला अदालतमा परेको थियो ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको आरोप छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो माग दाबी गरेका थिए । लामिछाने अहिले थुना बाहिरै बसेर मुद्दा लडिरहेका छन् । रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन-२ बाट निर्वाचित सांसद हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.