रचना रिमालको देशभक्ति गीत सार्वजनीक

रिपोर्ट नेपाल | 2023 Jun 17 | 05:43 pm 5457

– रूद्रदेव पाण्डे

काठमाडौं, असार २ । आधुनिक गायनतर्फ चर्चा कमाएर लोकप्रियता हासिल गर्न सफल भएकी रचना रिमालको स्वर रहेको टिम नेपाल म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली खेलाडीहरुलाई प्रोत्साहन गर्ने खालको टिम नेपाल भन्ने गीत ल्याएर क्रिकेट खेलाडीहरुको सम्मान गरेकी छिन् ।

विगतमा माया प्रेम झल्किने किसिमका गीतहरु गाएर नेपाली श्रोतामाझ वाहवाही कमाएकी रिमाल यो गीतले पनि खेलाडीमा मात्र नभएर आम दर्शक सामु चर्चित बन्ने कुरामा दुइमत नरहला ।

उक्त गीतमा रचना रिमालको स्वर शब्द र संगीत पृथ्वी खनाल, एरेन्ज साहाश शाक्यको रहेको छ ।
उक्त म्यूजिक भिडियो रचना रिमाल युट्युव च्यानलमा हेर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.