मोदीको स्वागत खर्च विवरण माग्दा मेयर र वडा अध्यक्षबीच बैठकमै मच्चियो भाडभैलो

| 2018 Jun 04 | 03:12 pm 3946

जनकपुरधाम २१ जेठ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत खर्च विवरण माग गर्दा मेयर र वडा अध्यक्षबीच लफडा परेको छ । उपमहानगरपालिकाले खर्च विवरण सार्वजनिक गर्नु पर्ने मांग राख्दा बैठकमै मेयर र वडा अध्यक्षबीच लफडा भएको हो ।

मोदीको स्वागत खर्चमा उपमहानगरपालिकाले झन्डै २ करोड रकम खर्च गरेको उपमहानगरपालिकाको अर्थोक शाखाको तथ्याङ्क छ । उक्त रकम कुन शीर्षकमा के कति खर्च भएको हो रु उक्त रकममा व्यापक भ्रष्टाचार रहेको जनगुणसो आईरहेकाले खर्च फाँटवारिको स्पष्ट विवरण खुल्ला रूपमा सार्वजनिक गर्नु पर्ने मांग राखेपछि मेयर लालकिशोर साह र उपमहानगरपालिका वडा नं।३ का अध्यक्ष दिपेन्द्र साह बिच भाडभैलो मच्चिएको छ । मेयर साहले खर्च विवरण सार्वजनिक नै नगरी बोर्ड बैठकबाट खर्च माईनुटमा हस्ताक्षर गराउन खोज्दा यस्तो विवाद देखिएको हो । मेयर साहले केही वडा अध्यक्षलाई आफ्नो पक्षमा तान्दै गोप्य रूपमा उक्त रकम हत्याउन खोजेको एक कर्मचारीले बताए । मेयरकै दबाबमा आफूहरूले खर्चको निकासा समेत गरेको उनको कथन छ ।

यता, वडा अध्यक्ष दिपेन्द्र साहले मेयर साह, उपमहागरपालिकाका अधिकृत तथा लेखा अधिकृतको मिलेमतोमा रकम अनियमितता गरेकाले सार्वजनिक गर्न नमानेको बताए । नगर परिषद् अगाडि नै उक्त खर्च विवरण सार्वजनिक नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.