मुसिकाेट नगरपालिकाद्धारा निर्माण व्यवसायी श्रेष्ठ सम्मानित

| 2023 Dec 08 | 12:35 pm 1637

गुल्मी, मंसिर २२/ देशका थुप्रै ठाँउमा निर्माण व्यवसायीले समयमा निर्माणका काम नगरेर सेवाग्राहीलाई पिडा दिइरहेको बेला गुल्मीमा भने युवा व्यवसायी हरि कुमार श्रेष्ठले सम्पन्न गर्ने समय अगाडि नै निर्माण सम्पन्न गरेर सम्मानित भएका छन। युवा सफल व्यवसायी श्रेष्ठलाई नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान पत्र सहित सम्मान गरेका थिए ।

निर्माण व्यवसायी गुल्मीका महासचिव समेत रहेका श्रेष्ठले २०७७ पुस १७ गते मुसिकाेट नगरपालिका सँग सम्झौता गर्दा २०८० पुस ३० सम्म सम्पन्न गर्ने भनिएकोमा सम्झौता मिति अगावै निर्माण गरेर प्रशंसनीय कार्य गरेका छन।११ राेपनी १५ आनामा बनेको नगरपालिकाकाे प्रशासकीय भवन साढे चार तलाको २ बैठक हल र ३९ काेठा रहेको जनाइएको छ।श्रेष्ठ कन्ट्रक्सन सेवा कम्पनीका संचालक हरि श्रेष्ठले उक्त भवन बनाउन ८ कराेड ४८ लाख ११ हजार ४ सय रूपैयाकाे टेण्डर बाेलपत्रबाट लिएका थिए।समयमै गुणस्तरीय भवन निर्माण गरेकाे भन्दै नगरपालिकाले श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको थियोे ।

श्रेष्ठले जसरी समयमा निर्माण गरेर उदाहरणीय कार्य गरे त्यसै गरि सवै व्यवसायीले पनि गर्नेहाे भने निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक हुने थियोे ।सर्वसाधारणले समयमा काम नगरेका कारण निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण राम्रो छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.