माया पाउन रोड पिच गर्नुपर्ने (भिडियो)

रिपोर्ट नेपाल | 2018 Jul 22 | 09:26 am 3456

काठमाडौं, साउन ६ : अष्ट्रेलिया बसेर गितसंगितको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका समिर आचार्यले सरकारको विकास निर्माणलार्इ व्यङ्‍ग्य गर्दै ‘पिच रोड’ बोलको गित सार्वजनिक गरेका छन्।

पछिल्लो पटक उनले ‘पिच गरिदिन्छु रोड’ बोलको गीत जुलाई २० मा सार्वजनिक गरेका हुन्। युट्‍युवको ट्रेन्डिङ नम्‍बर सातमा रहेको यस गितको भिडियोलार्इ करिब पाँच लाखेले हेरेका छन्।

गीतमा लोकप्रिय भारतीय रियलिटी शोका डान्सर सुसान्त खत्रीको डान्सीङ स्टाईल तथा नायिका आँचल शर्मालाई देखाइएको छ। गीतमा आर्चायलाई विद्या तिवारीले साथ दिएकी छिन्।

यो गीत लोकप्रिय हुनेमा म ढुक्क छु उनले भने, ‘गीत फरक खालको बनेको छ।’ नेपालमा छायाङकन गरिएको गीतको भिडियोलाई टेकेन्द्र साहले निर्देशन गरेका हुन ।गीतलाई राजेन्द्र भट्ट तथा सन्तोष कुमारले शब्द र संगीत दिएका हुन।

यस अघि दुनिया बेग्लै छ, हैन भनिदेउ माया, मेरो स्टाइल यस्तै छ, लगायतका गीतमा स्वर भरेर आचार्यले संगीतपारखीहरुको मन जितीसकेका छन्।

8K everest Motion Picture संगको सहकार्यमा तयार उक्त भिडियोलाइ अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय तथा नेपाल भरि शाखा बिस्तार गरि सकेको एबीसी माइग्रेसनले निर्माणमा प्रायोजन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.