माइक्रोफाइनान्सका २० वर्षीया युवतीकाे घाँटि रेटि हत्या

रिपोर्ट नेपाल | 2019 Jun 19 | 11:11 am 2179

पाँचथर, असार ४:  गत जेठ ७ गते २ परिवारका नाै जनाकाे विभत्स हत्या भएकाे घटना सेलाउन नपाउँदै फेरि एक २० वर्षीया युवतीकाे घाँटि रेटि हत्या भएकाे  छ ।  इलाम घर भएकी  सुजाता तामाङको हत्या गरिएकाे अवस्थामा मंगलबार साँझ ६ वजे जंगलको गोरेटो बाटोमा शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले बताए । मृतक युवती जिल्लाको हिलिहाङ गाँउपालिका–३ मा एनएमबी माइक्रोफाइनान्स गोपेटार शाखामा कार्यरत थिइन् ।

घटना स्थलमा अहिले जोरपोखरी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलि पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.