काठमाडौँ २५ जेठ / मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाइ शपथ खुवाएकी हुन् ।
जसपा नेपालका तर्फबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएका थिए ।
प्रदेश प्रमुख भण्डारीले बुधबार नै नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज बिहान १० बजेसम्मको समय दिएकी थिइन् ।