भन्सार छलेर ल्याएको सुनसहित एक पक्राउ

| 2018 Jun 01 | 12:49 pm 3654

काठमाडौँ, १८ जेठ : महानगरीय प्रहरी परिसर काठमाडौँले भन्सार छलेर ल्याएको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गत महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई विहीबार कामनपा–९ सिनामंगलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले यादवबाट सुनको झण्डै पाँच लाख पर्ने दुईवटा सुनका चुरा र नगद रु ३२ हजार ५०० बरामद गरेको छ । पक्राउ परेका यादवलाई आज आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरन पठाएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.