औंसी र पूर्णिमा सङ्क्रान्ति पनि छ ।
द्वादशी तिथि सिङ्गै बाँकी छ ।।
अन्य तिथि पर्वैपर्व भए हुन्छ ।
ढल्की विद्या पाउन ब्राम्हण यही गुन्छ ।।
घिउ, दाल, नून र बेसार पाइने ।
दुई चार रुपियाँ सित्तैमा ल्याइने ।।
सबै यजमान म कहाँ पहिले ।
भन्दै बोलाउँथे जहिले तहिले ।।
यसैले व्यवहार चली आई रहेथ्यो ।
के गर्नु अहिले छैन मेलो मेसी ।।
यजमानले अहिले छोडे कर्म यता ।
के गर्नु त मैले जाउँ अब कता ।।
(खगेश्वर कोइरालाको यात्रा कविता सङ्ग्रहबाट)