ब्यारेकबाट बडीगार्ड नलिई निस्किएका मेजर बेपत्ता

| 2023 Aug 28 | 01:38 pm 18345

डोल्पा, भदाै ११ ।  नेपाली सेनाका एकजना गुल्मपति बेपत्ता भएका छन् । डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डित हिजोदेखि सम्पर्कबिहीन भएका हुन् ।

हिजो अपराह्न साढे चार बजे इभिइनिङ वाकका लागि उनी ब्यारेकबाट निस्किएका थिए । आफ्ना सुरक्षा गार्डलाई समेत ‘तँ नआइज,आज म एक्लै जान्छु’ भनेर फर्काएका पण्डित झण्डै २४ घण्टासम्म बेखबर भएको घटनाले आशंका उब्जाएको त्यहाँका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले बताए ।

पण्डित हराएको पुष्टि गरेका डोल्पाका सिडियो भुमिश्वर पोखरेलले खोजविन भैरहेको जानकारी दिएका छन् । आज बिहानसम्म त्रिपुरातर्फ गएको भन्ने जानकारी प्राप्त भएको र खोजी कार्य त्यतै केन्द्रित गरिएको उनले बताए ।

तीन वटै प्रहरी संगठनले डिएसपीको नेतृत्वमा पण्डितको खोजी गरिरहेको छ । तर, टेलिफोन नेटवर्कको समयले गर्दा केही कठिनाइ भएको सिडियो पोखरेलले जानकारी दिए । -जनआस्थाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.