बिपीको सालिक अनावरण गर्न पुर्व राष्टपति यादव गुठी सुर्यपुरा आउदै

| 2023 Oct 02 | 10:56 am 1433

– रबिन्द्र यादव

पश्चिम नवलपरासी, असोज १५ ।  आज गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डाक्टर रामबरण यादवले बिपी कोइरालाको अर्धकद सालिकको अनावरण गर्ने भएका छन् । प्रतापपुर गाउँपालिकाद्धारा वडा नं ७ गुठी सुर्यपुरा चोकमा निर्मित सालिकको अनावरण गर्न पुर्व राष्ट्रपति यादव हिजोनै पश्चिम नवलपरासी आइपुगेका हुन् ।

आज गुठी सुर्यपुरा स्थित एक कार्यक्रमका बिच उक्त सालिक अनावरण गर्ने गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । ११० औं बिपी जयन्तीको अवसरमा उक्त सालिक अनावरण कार्यक्रम राखिएको भएपनि पुर्व राष्ट्रपति अस्वस्थ भइ अस्पताल भर्ना भएका कारण २४ र २९ गतेको कार्यक्रम स्थगित गरिएको थियोे ।  पूर्व राष्ट्रपति यादव कार्यक्रम सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.