माघ २१ काठमाडौँ / नेकपा एमालेका नेता गोकुल बास्कोटाले संसद् पुनर्स्थापनासम्बन्धी बहसलाई लक्षित गर्दै व्यंग्यात्मक टिप्पणी गरेका छन्। पार्टी संस्थापनसँग असहमति जनाउँदै आएका बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वोच्च अदालतप्रति कटाक्ष गरेका हुन्।
नेकपा एमाले, नेपाली कांग्रेसका सांसदहरू संसद पुनर्स्थापनाको मुद्दा बोकेर सर्वोच्च गएका थिए। अदालतले फागुन २१ गतेको चुनावपछिका लागि सुनुवाइ धकेलेको हो।
‘सर्वोच्चले संसद पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ। अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ, जसलाई जित्नु छ। फेरि चुनावमा गठबन्धन नेताको, मनबन्धन जनताको हुन्छ,’ उनले भनेका छन्।
गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुने पनि उनले बताएका छन्। बास्कोटाले थप लेखेका छन्, ‘अन्तिममा म्याच फिक्सिङको मौका भने छँदैछ।’