बालेनले बोलाए कार्यपालिका बैठक

| 2025 Jul 10 | 02:23 pm 937

काठमाडौँ २६असार / काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ ।मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् ।

बालेनको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ । त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

कानुनी औपचारिकता पूरा भए २ बजेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ । सोही कार्यपालिकाले नगर सभाको मिति तोकेर असार मसान्त भित्रै बजेट पास गर्ने तयारी रहेको महानगर स्रोतले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.